बिपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

बिपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त
+
-

चितवन- भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।

अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो।

उनीहरूमध्ये अस्पताल सञ्चालक समितिले डा. पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले जानकारी दिए।

उनका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा. पौडेललाई साेमबार बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो।

सोही उपसमितिले तीन जनाको नाम सिफारिस गरेको हो। डा. उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, डा. ज्ञवाली स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव र डा. विश्वकर्मा सञ्चालक सदस्य छन्।

अस्पतालको नियमावलीमा सिफारिस समितिमा मन्त्रालयको प्रतिनिधि, काउन्सिलको सदस्य सचिव पदेन उपसमितिको सदस्य हुने व्यवस्था छ। डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुन्। उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत हुन्।

निवर्तमान कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।

अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ।

कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएपछि सञ्चालक समितिले अत्यावश्यक कामका लागि आर्थिक अधिकार अध्यक्ष डा विजयराज न्यौपानेलाई दिएको थियो। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष