
काठमाडौं- ललितपुर महानगरपालिका-२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा सोमबार आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई आगलागी भएको जानकारी दिए।
आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब रु ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए।
बैंकिङ कसुर मुद्दामा पक्राउ
बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर-१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन्।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले साेमबार उनलाई पक्राउ गरेको हो।
काठमाडौँको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।क