
मोरङ- उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक प्रज्वल कोइरालाको अवस्था अझैपनि अज्ञात रहेको छ।
इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार कोसीको पुलमा भेटिएको सरसमानका आधारमा कोसी नदीमा खोजी कार्य जारी रहेको छ।
कार्यालयले मंगलबार बिहान ६ बजेबाट प्रहरीको टोलीले खोजी गरे पनि हालसम्म केही कुरा पत्ता नलागेको जनाएको छ।
सोमबार बिहान करिब १ बजेपछि कोइरालाले हाकेको कार पुलको पश्चिमतर्फ वेवारिसे अवस्थामा फेला परेको थियो।
सोही पुलको मध्यभागमा उनको जुत्ता र मोबाइलसँगै गाडीमा कागजपत्र फेला परेको थियो।
सोही कागजपत्रका आधारमा प्रहरीले हिजाे दिनभर सुनसरीको पकलीबाट १६ जना गोताखोरलाई कोसीमा खोजी कार्यमा गरेको थियो।
गोताखोरले पानीमा केही नभेटेको र कार्यालयका प्रहरीले नजिकको जंगल तथा होटलमा खोजविन गरेका थिए।