धर्म, संस्कृति र पहिचान मेटेर देशको हित हुँदैन: कमल थापा

धर्म, संस्कृति र पहिचान मेटेर देशको हित हुँदैन: कमल थापा
+
-

हेटौंडा‍- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नु पर्नेमा जोड दिएका छन्।

बिहीबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले देशको राष्ट्रियता कमजोर भएको, विदेशी प्रभाव र दबाब बढेको, आर्थिक क्षेत्र संकटग्रस्त हुँदै गएको बताए।

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, कठघरामा उभ्याउनु पर्ने सरकार आफैं भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले भ्रष्टाचारीहरू दण्डित हुनुको सट्टा मुलुकमा ब्रम्हलुट गर्ने प्रतिस्पर्धामा रहेको तथा सरकार भ्रष्टाचारीको संरक्षकको रूपमा प्रस्तुत भैरहेकोमा गम्भीर आपत्तिसमेत प्रकट गरे।

थापाले नेपालमा राजासहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको समेत जिकिर गरे।

धर्म, संस्कृति र पहिचानलाई मेटेर मुलुकको हित नहुने भन्दै उनले अब दुर्घटना उन्मुख मुलुक जोगाउन जनता सडकमा आउनुपर्ने आवश्यकता औंल्याए।

जनता र सडक केन्द्रित भएर आन्दोलनको तयारीमा लाग्न थापाले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

राप्रपा नेपाल मकवानपुर जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले राप्रपा नेपाललाई उठाउदै बलियो शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष