‘मेची आमा’ लाई ‘नारी शिक्षा एवं जागरण सम्मान

‘मेची आमा’ लाई ‘नारी शिक्षा एवं जागरण सम्मान
+
-

काठमाडौं- ‘मेची आमा’ नामले सुपरिचित समाजसेवी स्वर्गीय दिलकुमारी श्रेष्ठलाई ‘नारी शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको छ।

ॐ भानु-वेद स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा उनलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो।

मेची आमाको १२ औं पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई सम्मान पत्रसँगै नगद रु एकाउन्न हजारसहित सम्मानित गरेको थियो।

नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशिला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गरेकी थिइन्।

कार्कीले सम्वोधनका क्रममा मेची आमालाई स्मरण गर्दै झापामा महिला नेतृत्व अभाव रहेका बेला उहाँले महिला हकहित र जागरणको पक्षमा निर्भिक भएर वकालत गर्दै हिँड्नु भएको बता‍इन्।

२०२४ सालमा झापाको हल्दीबारीमा महिलाले पनि हलो जोत्न हुन्छ भन्दै पहिलोपटक यसको थालनी गरेर त्यतिबेलाको समाजलाई चुनौती समेत दिएकी सरल, मृदुभाषी र सहयोगी भावनाकी स्व.दिलकुमारी श्रेष्ठ तत्कालीन नेपाल महिला संगठनको मेची अञ्चल इन्चार्ज हुँदै २०२७ सालमा राजसभा स्थायी समिति सदस्य समेत बनेकी थिइन्।

झापाको भद्रपुर १४ स्थायी घर भएकी श्रेष्ठको काठमाडौंस्थित ॐ अस्पतालको सघन कक्षमा उपचारका क्रममा ९९ वर्षको उमेरमा २०६८ साल भाद्र १२ गते निधन भएकाे थियाे।

२०१७ सालदेखि समाजसेवा र राजनीतिमा सक्रिय मेची आमाको कामको उच्च मूल्यांकन गर्दै मेची अञ्चलकै आमाका रूपमा सम्मान गरेर मेची आमा उपनाम दिइएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष