ग्याबोनमा सैन्य कु, निर्वाचित राष्ट्रपति नजरबन्दमा

ग्याबोनमा सैन्य कु, निर्वाचित राष्ट्रपति नजरबन्दमा
+
-

अफ्रिकन देश ग्याबोनमा सेनाले कु गरेको छ।

ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधवार राति एउटा बिद्रोहपछि मध्य अफ्रिकी देशको संक्रमणकालीन नेताको रूपमा नाम दिइएको थियो।

राष्ट्रिय निर्वाचन आयोगले मंगलवार राष्ट्रपति अलि बोंगोले तेस्रो काईकाल जितेको घोषणा गरेको थियो।

तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्ध भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो।

ग्याबोनी सेनाका नेताहरुले सर्वसम्मत भोटबाट न्गुमालाई संस्थाको संक्रमण र पुनःस्थापना समिति (सिटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए।

राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ। उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन्।

सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ। ‘कु’ को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केका छन्। अली सन् २००९ मा राष्ट्रपति भएका थिए। त्यसयता उनी निरन्तर सत्तामा थिए।

उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए। बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो। पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष