
पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा समूहचरणमा पाकिस्तान र भारतसँगको प्रतिस्पर्धापछि नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
पहिलो खेलमा पाकिस्तानसँग मुल्तानमा फराकिलो हार ब्यहोरेको नेपालले वर्षाले प्रभावित दोस्रो खेलमा भने भारतसँग उत्कृष्ट ब्याटिङ गरेको थियो।
तर वर्षाका कारण ओभर घटाइएको खेलमा नेपाल १० विकेटले पराजित हुँदै समूहचरणबाटै बाहिरियो।
बुधबार एसियाकपबाट बाहिरिएपछि स्वेदश फर्किएको हो।
राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो। एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेका थिए।
समर्थकहरु समेत खेलाडीको स्वागतमा त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डासहित पुगेका थिए।
तस्बिरहरु: