
काठमाडौं-प्रतिनिधिसभा अन्र्तगत पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी,खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी,बालुवा र ढुङ्गा उत्खनन् रोक्न नहुने बताए।
सिंहले नेपालका नदी तथा खोलाको गिट्टी वालुवा र ढुङ्गा समयमा नै उत्खनन गर्न नसके भारत धनी हुने धारणा राखे। सरकारले कानूनी जटिलता सहज बनाएर नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्नसके हजारौंलाई रोजगारी र अर्बौंको राज्यलाई आम्दानी आर्जन हुने विश्वास व्यक्त गरे।
नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नदिने र क्रसर उद्योगहरु पनि बन्द गर्ने हो भने हजारौं मानिसहरु विदेश जानुपर्ने अवस्था आउने विषयमा सरकार सचेत हुन आवश्यक रहेको उनको भनाइ छ।
सभापति सिंहले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नसक्दा रोजगारी मात्रै नभएर राज्यको राजश्व समेत गुम्ने खतरा रहेको बताए।
सरकारले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न दिएर अर्बौं रुपैयाँ आर्जन गर्दा ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्नुपर्ने उनले बताए।