देशसञ्चार चौतारी : भाग-११

‘नेपालमा कुनै सार्वजनिक पदको विश्वसनीयता छैन’, डाक्टर सन्दुक रुइत

+
-

आँखाका प्रख्यात चिकित्सक डा. सन्दुक रुइतले देशसञ्चार चौतारीको यस अंकमा देशसञ्चार सहकर्मीहरुसँग अन्तर्क्रिया गरेका छन्।

दुर्गम ओलाङचुङगोलाबाट काठमाडौँ आएर तिलगंगा आँखा अस्पताल खोल्नु र यसलाई विश्वभरि नै ख्यातिको शिखरमा लैजान डा. रुइतले अनवरत मेहनत गरेका छन्।

अहिलेसम्म १ लाख ६६ हजारभन्दा बढीलाई आँखाको दृष्टि दिइसकेका डा. रुइतलाई कसैले नयाँ दृष्टि पाउँदा एकदमै आनन्द लाग्छ।

नेपालमा राजनीतिले एउटा सेप्सिसको रुप लिएको बताउने डा. रुइत भन्छन्-  हामीले तिलगंगालाई राजनीतिको सेप्सिसबाट जोगाएका छौँ।

देशसञ्चार चौतारीको यस अंकमा डा. रुइतले आफ्ना संघर्ष र  सफलताका गाथा, आँखाको नानी र लेन्समा नेपाललाई आत्मनिर्भर बनाएको खुसी र हरेक नेपालीले निशुल्क आँखाको दृष्टि पाउनसक्ने अठोटलाई व्यक्त गरेका छन्।

उनले भनेका छन्- नेपाल आँखाको नानी र आँखाको लेन्समा आत्मनिर्भर छ। अब कुनै पनि नेपालीले अन्धोपनामा बाँच्नुपर्ने छैन।

तिलगंगा आँखा अस्पतालको सफलताले नेपालमाअन्धोपनाको दर पनि एकदमै कम भएको डा. रुइतले अन्तर्क्रियाका क्रममा बताएका छन्।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?