एमाले प्रदेश अधिवेशनः गण्डकीको मतदान बुधबार

एमाले प्रदेश अधिवेशनः गण्डकीको मतदान बुधबार
+
-

पोखरा – नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बुधबार मतदान हुने भएको छ। मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार बुधबार १ बजेदेखि मतदान सुरु हुनेछ।

सोमबारदेखि जारी अधिवेशनमा साँझदेखि पोखरा सभागृहमा बन्दसत्र चलिरहेको छ। अहिले ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए।

६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। साढे ७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

साढे ७ देखि साढे ८ सम्म उजुरी उपर छानविन र निर्णय गरिनेछ। ९ बजेसम्म उम्मेदवारको पुनः नामावली प्रकाशनको तालिका छ।

बुधबार बिहान १० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ। ८ समूह बनाएर प्रतिवेदनमाथि सुझाव दिइरहेका छन्। गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी छन्।

गण्डकीको अधिवेशनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रतिष्ठाको लडाइँ पक्का छ।

गुरुङ हालका अध्यक्ष नवराज शर्मा दोहोर्‍याउन चहान्छन् भने खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित छ।

केन्द्रीय सदस्य कास्कीका राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्वसांसद सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले प्रदेश अध्यक्षका आकांक्षी हुन्।

गुट नै बनाएर चुनावी मैदानमा उत्रिदा उनीहरुको इच्छाले काम गर्ने छैन। गण्डकीमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल कसको पक्षमा खुल्छन् त्यसले प्रभाव पार्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?