
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विदेशमा अलपत्र परेकालाई सरकारले नीति बनाएर उद्धार गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका अधिकारी सम्मिलीत टिम बनाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा खटाउन सरकारसँग आग्रह गरेका हुन्।
उनले भने, ‘नेपाल र नेपाली भएको महशुस गराउँ, इजरायलबाट एक नेपालीले आफू विरामी रहेको र आमाको उपचार गराइदिन भनेर घाइतेले आग्रह गर्नुभएको छ। यस्तै साउदी अरवमा नेपालगन्जका सुरज विक लगायत ७७ जना नेपाली बन्धक बन्नुपरेको खवर छ, हामी रेमिट्यान्समा मख्ख छौँ। सांसदको तलव पनि रेमिट्यान्सबाट नै सम्भव भएको हो। तर विदेशमा अलपत्र परेका नेपालीको सरकारले नीति बनाएर उद्धार गरेको छैन।’