
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुको सुझावअनुसारै कोशी प्रदेशमा ठूला दलहरू एक ठाउँमा उभिएका बताएका छन्।
कोशी प्रदेशमा कांग्रेस शेखर समूहका केदार कार्की शेखर समूहका ८ र एमालेका सबै सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन्।
त्यसपछि लिङ्देनले सामाजिक सञ्जालमा कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले र माओवादी मिल्न सुझाव दिएको स्मरण गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो।अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ। अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्कोतर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं, हामी विपक्षमा..।’