देउखुरी बचत सहकारी एकीकरण प्रक्रिया बदर, पुरानै सहकारीको नाममा कारोबार गर्न खुल्यो बाटो

देउखुरी बचत सहकारी एकीकरण प्रक्रिया बदर, पुरानै सहकारीको नाममा कारोबार गर्न खुल्यो बाटो
+
-

दाङ- देउखुरी बचत तथा ऋण सहकारी संस्थाको एकीकरण प्रक्रिया बदर भएको छ। तीन ‍वर्षअघि हरियाली बचत तथा ऋण सहकारी संस्था, बिहानी बचत तथा ऋण सहकारी संस्था, जनजीविका बचत तथा ऋण सहकारी संस्था र महाप्रभु बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था गठन गरिएको थियो।

तर, सहकारी एकीकरण भएपछि हुनुपर्ने कार्यहरू नगरेको पाइएपछि लुम्बिनी प्रदेश गृह मन्त्रालयले एकीकरण प्रक्रिया बदर गरेको हो। एकीकरण कार्यान्वयनको कुनै पनि कार्य गरेको नदेखिएकोले सहकारी एकीकरण कार्यविधि, २०७७ को दफा १७ (२) अनुसार एकीकरण स्वीकृती बदर गरिएको र निर्णय कार्यान्वयनको लागि सहकारी दर्ता अधिकारीको कार्यालयलाई जानकारी गराएको छ।

महाप्रभु बचत तथा ऋण सहकारी संस्थाभित्र पाँच करोड बढी रकम अपचलन गरेको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको छ। महाप्रभुको हकमा मुद्दा दर्ता भएकोले उक्त संस्थालाई अदालतको आदेश बमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ।

अन्य हरियाली बचत तथा ऋण सहकारी संस्था, जनजीविका बचत तथा ऋण सहकारी संस्था र बिहानी बचत तथा ऋण सहकारी संस्थाहरूलाई ३ महिनाभित्र छुट्टाछुट्टै लेखा परीक्षण गर्ने, नियमानुसार कर तिर्ने, साधारणसभा गर्ने, साधारणसभाको बैठकको निर्णयसहित प्रतिवेदन सहकारी दर्ता अधिकारीको कार्यालयमा पेश गरी बोधार्थ मन्त्रालयमा दिन भनिएको छ।

साविक संस्थाको नाम कायम गरी छुट्टाछुट्टै पान नम्बर प्रदान गर्न कर कार्यालयमा लेखी पठाउने र अन्य प्रक्रियागत रूपमा कुनै निर्णय लिनुपर्ने भए निर्णय लिइ सहकारीहरूलाई चुस्त दुरुस्त बनाउने गरी एकीकरणको प्रक्रिया बदर गरी छुट्टाछुट्टै कारोबार सञ्चालन गर्ने गरी विभाजन गर्न सहकारी दर्ता अधिकारीको कार्यालयमा निर्देशन दिइएको छ।

गत असार १ गते बसेको मन्त्रिस्तरीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न दिर्नेशन दिइएको छ। विसं २०७७ साल पुस २७ गते चारवटा सहकारी संस्था एकीकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?