
काठमाडौँ-धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका नारायण बास्कोटाका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको महसुस काठमाडौँमा पनि गरिएको थियो। दसैंको रमझममा रहेका काठमाडौँ उपत्यका लगायत धादिङ आसपासका स्थानीयले पनि यसले महसुस गरेका थिए।
भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्केका थिए । मानिसहरू त्रसित भएर सडकमा निस्किएका थिए।
क्षतिको विवरण प्राप्त भइसकेको छैन।