कम्युनिष्ट नेता धर्मेन्द्र बाँस्तोलालाई किन राखियो प्रहरी हिरासतमा ?

कम्युनिष्ट नेता धर्मेन्द्र बाँस्तोलालाई किन राखियो प्रहरी हिरासतमा ?
+
-

दाङ – नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी ज्यान मुद्धाको अनुसन्धानको क्रममा विगत आठ दिनदेखि प्रहरी हिरासतमा राखिएको छ ।

उनी इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याइएको थियो । तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए ।

घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी हिरासतमा बस्दै आएका छन् ।

दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने हुँदा नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको दाङ प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?