धार्मिक र जातीय द्वन्द्वसंगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढिरहेको छः शेखर कोइराला

धार्मिक र जातीय द्वन्द्वसंगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढिरहेको छः शेखर कोइराला
+
-

विराटनगर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक र जातीय द्वन्द्वसंगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढेको बताएका छन्।

बिहीबार विराटनगरमा आयोजित एक चियापान कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा धार्मिक र जातीय द्वन्द्व बढ्दै गर्दा चिन्ता थपिएको बताएका हुन् ।

डा. कोइरालाले भने, ‘पछिल्लोसमय मुलुकमा धार्मिक द्वन्द्व बढ्दै गएको छ। यो कतैबाट गराइएको वा स्वस्फुर्त भएको हुनसक्छ। मधेश प्रदेश र अन्य स्थानमा भएका घटना मुलुकका लागि राम्रो संकेत होइन भन्ने महसुस गरेको छु । यसले मुलुक जातिय द्वन्द्वमा फस्ने त होइन भन्ने चिन्ता बढाएको छ ।’

नेता कोइरालाले देश जातीय द्वन्द्वमा फस्यो भने नेपाल नै नरहने बताए । मुलुक बनाउन सरकारले सुशासनमा ध्यान दिनुपर्ने नेता कोइरालाको भनाइ थियो ।

सरकारले मौलाउँदो भ्रष्टाचारलाई निर्मुल बनाउनुपर्ने उनले बताए ।

नेता कोइरालाले अन्य प्रदेशभन्दा कोशी प्रदेशपछि पर्दै गएकोमा चिन्ता ब्यक्त गरे । विगत एक वर्षको सत्ता खिचातानीले विकासको क्रममा कोशी प्रदेश अन्य प्रदेशभन्दा धेरै पछि परेको उनले बताए ।

नेता कोइरालाले भने, ‘गएको एक वर्ष चारवटा सरकार फेरबदल भए। संसदीय व्यवस्थामा जोडघटाउ हुने हुदाँ यहाँ राप्रपालाई सत्ता गठबन्धनमा नराखी सरकार दिगो हुनै सक्तैन। राप्रपालाई साथमा लिएर अघि बढ्न सके प्रदेश मात्र नभएर केन्द्रीय गठबन्धन पाँचवर्षसम्म चल्नेछ ।’

नेता कोइरालाले काँग्रेस पार्टी सिंगो रुपमा एक ढिक्का रहेको दाबी गरे । पार्टीको केन्द्रीय तहमा देखिएको घटनाक्रमलाई इंगित गर्दै नेता कोइरालाले पार्टी कसरी अघि बढ्छ भन्ने कुरा कोजाग्रत पूर्णिमापछि प्रस्ट हुने उल्लेख गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?