काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट सुरु

काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट सुरु
+
-

काठमाडौं-उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट सुरु भएको छ। शनिवारबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व सुरु भएको हो। यो पर्व अबको एक महिनासम्म चल्नेछ।

महिलाहरुलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ।

आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साईतमा लिंगो ठड्याएर यो पर्वको शुरुवात गरिएको हो।

पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः सुरु गरिएको बताए।

उनले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व सुरु गरिएको बताएका हुन्।

उनले भने,‘यो परापूर्वकालद्खि चलिरहेको थियो। २६ वर्ष पहिला विविध कारणले रोकिन पुग्यो। २५ वर्षपछि महिला दिदिबहिनीलाई नै अघि सारेर यो शुरु गरेका हौँ । परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो। यो दुर्लभ पर्व हो। यसमा महिला सशक्तिकरणलाई जोड दिएका छौँ । आज शुरु भएको छ, एक महिनासम्म चन्द्रज्योती दीप दिन्छौँ।’

त्यस्तै पर्वमा सहभागी महिला रञ्जु तपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरु गरिएको बताइन्।

उनले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरु गरिएको बताइन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?