बुढानिलकण्ठ स्कुलमा को बन्ला नयाँ प्रिन्सिपल?

बुढानिलकण्ठ स्कुलमा को बन्ला नयाँ प्रिन्सिपल?
+
-

काठमाडौँ- काठमाडौँस्थित बूढानीलकण्ठ स्कुलले नयाँ प्रिन्सिपल नियुक्ति प्रक्रिया अघि बढाएको छ।

बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।

दरखास्त दिएकामध्ये संक्षिप्त सूचीमा परेका सात जनाको आगामी बुधबार अन्तर्वार्ता लिने तयारी भएको स्कूलले जनाएको छ। प्रिन्सिपलका लागि अतिराम केसी, उपेन्द्र अधिकारी, केशरबहादुर खुलाल, गणेशप्रसाद शर्मा, तिमिला शाक्य आचार्य, दीपकप्रसाद कायस्थ र हरिराम तिवारी अन्तिम प्रतिष्पर्धामा छन्।
कम्तीमा माध्यमिक (कक्षा १२) विद्यालय स्तरको प्रिन्सिपल वा भाइस प्रिन्सिपल वा बूढानीलकण्ठ स्कूलको शिक्षकका रुपमा कम्तीमा १० बर्षको शैक्षिक तथा प्रशासनिक अनुभव हासिल गरेको र ४० बर्ष उमेर पूरा भएकाले दरखास्त दिन आह्वान गरिएको थियो।

स्कूलको तीन सदस्यीय प्रिन्सिपल छनोट उपसमिति सरकारका पूर्वसचिव महेश प्रसाद दाहालको संयोजकत्वमा गठन भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?