
काठमाडौँ – सशस्त्र प्रहरी बलले २३ औँ स्थापना दिवस मनाएको छ। मंगलबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा विभिन्न कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाइएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति थियो। २३ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्न बताए।
यस्तै, गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताए।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको बताए।