दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
+
-

काठमाडौँ – सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए।

यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ। भारतीय सेरम इस्टिच्युटले उत्पादन गरेको उक्त खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा उपलब्ध भएको उनले बताए।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ।

भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१  र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिसम्मका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए। बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ छ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिमरुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ। सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो।

खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए।

दादुरा–रुबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले बताए।

सामान्यतयाः दादुरा–रुबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ। गत वर्ष १९ जिल्लामा दादुरा–रुबेला महामारीका रुपमा फैलिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?