आन्दोलनरत लघुवित्तपीडितले बिहीबार गरे मौन जुलुस(तस्विरसहित)

आन्दोलनरत लघुवित्तपीडितले बिहीबार गरे मौन जुलुस(तस्विरसहित)
+
-

काठमाडौँ- लघुवित्त तथा वित्तीय संस्थाको शोषविरुद्ध संघर्ष समितिमा आवद्ध लघुवित्त पीडितहरूले बिहीबार पनि मौन जुलुस निकालेका छन्।

काठमाडौँको थापाथलीबाट सुरु भएको जुलुस त्रिपुरेश्वरहुँदै सुन्धारा, रत्नपार्क, भद्रकाली पुगेर फेरि सहिदगेट हुँदै थापाथली पुगेका छन्।

जुसुस हुँदा वीर अस्पताल नजिक बाटो जाम भएको थियो। फागुन ५ गते विभिन्न जिल्लाका लघुवित्त तथा वित्तीय संस्था पीडितहरू  पैदलै हिँडेर आन्दोलनका लागि काठमाडौँ आइपुगेका थिए।

उनीहरूले लघुवित्तको ऋण मिनाह गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने, किसानलाई निःशुल्क ऋण दिनुपर्नेलगायतका माग राखेका छन्।

पीडितहरूले यसअघि यही फागुन १४ गते संघीय संसद् भवनभित्र छिरेरसमेत आन्दोन गरेका थिए। संसद् परिसरमा नारा लगाउँदै गरेका उनीहरू बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिरेका थिए।

बाक्लो सुरक्षाकर्मीहरूको उपस्थितिका बाबजुद पनि पीडितहरू भित्र छिरेको देख्दा सुरक्षाकर्मीहरू समेत हेरेको हेर्‍यै भएका थिए। भित्र छिरेका र गेट बाहिर आन्दोलन गरेका गरी सो ४७ जना पीडित त्यहाँ थिए। जसमध्ये ४६ जना महिला र एक पुरुष रहेका थिए। ती सबैलाई प्रहरीले पक्राउ गरेको थियो।

लघुवित्तकाे विषयमाले दुई पटकको संसद् बैठकका पनि चर्चा पाएको थियो। एमाले लगायतका दलले उनीहरूलाई तत्काल रिहा गर्नुका साथै उनीहरूका माग सम्बोधन गर्नुतर्फ सरकार लाग्नुपर्ने माग राखेको थियो।

त्यसपछि उनीहरूले फागुन २१ गते सोमबार प्रमुख सात दलका पार्टी कार्यालयमा धर्ना दिएका थिए। गौशालामा बसेका पीडितलाई शिवरात्रीको कार्यक्रम गर्नुपर्ने भन्दै आइतबार थापाथली पठाइएको थियो। उनै पीडितहरूले सोमबार नेकपा माओवादी माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेससहित प्रमुख ७ दलका कार्यालयमा धर्ना दिन लागेका हुन्।

थापाथलीबाट सात टीममा विभाजन भएर टोली सातै दलका पार्टी कार्यालयमा नारावाजी गर्दै धर्ना दिई ज्ञापनपत्र बुझाएर फर्किएका थिए ।

पीडितहरू ईश्वर खवासको टोली नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा, युवराज रसाइलीको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)को पार्टी कार्यालयमा,  लुजा राई र अर्जुन विककाे नेतृत्वमा एमाले पार्टी कार्यालय र मन्दिरा लामाको नेतृत्वमा धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालयमा गएका थिए ।

यस्तै, रमेश सेन्चुरी नेतृत्वको टोली नेकपा माओवादी पार्टी कार्यालयमा, अब्दुल साहको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीको पार्टी कार्यालयमा, घनकुमारी विक नेतृत्वको टोली राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी कार्यालयमा गएका हुन् ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?