
हिमाल जोशी
जेठ १३, २०८१

अ
+
अ
अ
-
नेपालगन्ज – बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा राप्तीसोनारी गाउँपालिका– ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४० वर्षीया पुतला खत्रीको मृत्यु भएको हो।
अन्य दुई जना सामान्य घाइते भएका छन्। चट्याङले तीन वटा बाख्रा मरेका छन्। आज अपरान्ह ५ बजेतिर बाँकेमा हावाहुरी, पानीसँगै चट्याङ परेको थियो।

