बङ्गलादेशमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, करिब ३० हजार घर पूर्णरूपमा क्षतिग्रस्त

+
-

बङ्गलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्णरूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन्।

आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्। बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांश को मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो। तीन जनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ।

आइतबार राति ‘रेमाल’ नाम दिइएको चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो। सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ।

“चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने। सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुई जनाको मृत्यु भएको छ।

उनले भने, “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छ।

चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले एएफपीसँग भने, “चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजार भन्दा बढी मानिसहरू अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन्।

बङ्गलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बङ्गलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इञ्जिनियर विश्वनाथ सिकदर आँधीका कारण चटगाँव षेत्र पूर्णरूपमा विद्युतविहिन बनेको छ।

उनले भने, “आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ।” “चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत आपूर्ति सुचारु गर्नेछौं,” उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?