
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त ७ जना मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले आजै पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।
अब सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री सहित १० सदस्यीय बनेको छ। मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा। तारा जोशीलाई समेत मन्त्री नियुक्त गरेपनि उनले भने सपथ लिन अस्विकार गरेका छन। जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको थियो।
बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज विस्तार गरिएको मन्त्रीमण्डलमा एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री को जिम्मेवारी दिइएको छ।
यसैगरी मन्त्री नियुक्त हुनेमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त रहेकी छन्। थापा लगायत पाँचै जनालाई भने बिना विभागीय मन्त्री नियुक्त गरेर शपथ गराइएको छ।
सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।