गण्डकीको मुख्यमन्त्री कार्यालयनजिक यातायात व्यवसायीको विरोध प्रदर्शन (तस्बिरसहित)

गण्डकीको मुख्यमन्त्री कार्यालयनजिक यातायात व्यवसायीको विरोध प्रदर्शन (तस्बिरसहित)
+
-

पोखरा – यातायात व्यवसायीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय नजिकै विरोध प्रदर्शन गरेका छन्। राइड शेयरिङ सञ्चालन गर्न नदिन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा सवारीसहित पुगेका व्यवसायीले विरोध प्रर्दशन गरेका हुन्।

सवारीसहित मुख्यमन्त्री कार्यालय घेराउ गर्ने योजना भए पनि प्रहरी कडाइ गरेपछि कार्यालय नजिकै नाराबाजी भइरहेको छ। उनीहरुले ‘गैरकानुनी एप्स बन्द गर स्वदेशी एप्स लागु गर’, ‘सार्वजनिक यातायातलाई व्यवस्थित गर’, ‘यातायात श्रमिकलाई सम्मान गर’लगायतका नारा चर्काएका छन्।

ट्याक्सी, बस, माइक्रोलगायतका सवारी प्रर्दशनसहितको विरोधले राष्ट्रबैंक चोक हुँदै विरौटा, लेकसाइड क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

गण्डकी प्रदेशको बिहीबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले दुई पांग्रे र चार पांग्रे निजी सवारी साधानलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना पारित गर्न लागेको भन्दै शंशकित भएका व्यवासायीले विरोध प्रदर्शन गरेका हुन्।

केहीबेर अगाडि उनीहरु पत्रकार सम्मेलन गरेर ७ बुँदे माग राख्दै पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए। माग सम्बोधन नभए सवारी साधान घर ग्यारेजमा राखेर साउन १३ गतेबाट लामो तथा छोटो दूरीको यातायात ठप्प पार्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले बताए।

दुई पांग्रे र चार पांग्रे निजी सवारीसाधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ। श्रम आयोगको तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने पौडेलको माग राखे।

‘यातायात प्राधिकरण गठन गरी यातयात सञ्चालनको कार्यविधि तयार गर्नुपर्छ। वैज्ञानिक भाडादर समायानुकुल समायोजन हुनुपर्‍यो’, उनले भने। यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेसमेत माग गरिएको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशिल बनाउनुपर्ने संयोजक पौडेल बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?