
काठमाडाैँ- रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक सम्पन्न गरेको छ।
टेस्ट राइड ट्र्याक एक्सपेरिएन्स भाद्र २१ देखि २३ सम्म टेकुमा सञ्चालन गरिएको थियो। ट्र्याक अफरोडिङ अनुभव प्रदान हिमालयन बाइकका लागि बनाइएको हाे।
अफ-रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको प्रालिले जनाएकाे छ।
प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो। हिमालयन ४५० को प्रारम्भिक मूल्य ९ लाख ८९ हजार ५०० रहेको छ भने टप भेरियन्टको मुल्य रु १० लाख ३९ हजार ५०० रहेको छ।
हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् जसमा काजा ब्राउनको मूल्य ९ लाख ८९ हजार ५००, स्लेट पपी ब्लू/स्लेट हिमालयन साल्टको ९ लाख ९९ हजार ५००, क्यामेट व्हाइटको १० लाख १८ हजार ५०० र हान्ले ब्लाकको १० लाख ३९ हजार ५०० रहेको छ।
हिमालयन ४५० मा ४५२ सीसीकाे इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित छ। जसले गर्दा पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि सहज हुने छ।
यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ।
हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्।
रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९ .४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० NM @५५०० RPM रहेको छ। हिमालयन ४५० सिसि मा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ।
सामुन्ने पांग्राको साइज ९०/९०-२१ छ भने पछाडि पांग्राको साइज १४०/८० R १७ छ। यस बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ।
डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो TFT डिस्प्ले छ। जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन्। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन्।
हिमालयन ४५० अल्फा अटोमोटिबभ प्रालिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध छ।
थप तस्बिरहरु