टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री इभी’, बुकिङ्ग खुल्ला

टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री इभी’, बुकिङ्ग खुल्ला
+
-

काठमाडौँ- भारतको अग्रणी विद्धुतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ।

टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ्ग खुल्ला गरेको हो।

कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रस ओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्य कौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरुले सम्पन्न रहेको छ।

नेक्सन केथ्री. इभीको सुरुवाती मूल्य ४८.९९लाख रुपैयाँ रहेको छ। साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने छ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्सबिचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी नेक्सन इभी प्राइम २०२१मा नेपालमा विक्री/वितरण सुरु गरिएको थियो। यसलाई नेपाली ग्राहकहरुले अत्याधिक रुपमा मनपराई दिनुभयो। ग्राहकहरुको त्यहीँ विश्वासलाईआत्मसाथ गर्दै हामीले नेपालको इभीइको सिस्टममा लगानी गर्‍यौं ।अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभीइको सिस्टम, जसमा १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। रआज बाटबुकिङ्ग सुरु भएको नेक्सन केथ्री.इभीको बिक्रीसँगै, बिक्रिपश्चात्को सेवालाई पनि उत्तिकै ध्यान राख्नेछौं।’

टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रीक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालका अनुसार  नेपालभर ३,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरूको साथसहित नेक्सन केथ्री.इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाइसकेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…