निसानले यसै वर्ष फाइभ-सिटर कम्प्याक्ट-एसयुभि र नयाँ सेभेन-सिटर बि-एमपिभि सार्वजनिक गर्ने

निसानले यसै वर्ष फाइभ-सिटर कम्प्याक्ट-एसयुभि र नयाँ सेभेन-सिटर बि-एमपिभि सार्वजनिक गर्ने
+
-

काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट–लाइनअपमा नयाँ सेभेन-सिटर बि–एमपिभि थप्ने घोषणा गरेको छ । हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो । यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजना अनुरुप छ । जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना कम्पनीको छ ।

यो योजना अन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बि–एमपिभि, सि–एसयुभि जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बि–एसयुभि सेगमेन्टमा पनि उपलब्ध गराइनेछ । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन–अप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ सेभेन-सिटर बि-एमपिभि (मल्टि-पर्पस भिहेकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट–अफेन्सिभ’ रणनीति सुरू भएको छ । उक्त सेभेन–सिटर, निसानको भारतको प्रोडक्ट–पोर्टफोलियोमा नयाँ (ब्रान्ड–न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सि–एसयुभि (कम्प्याक्ट स्पोट्र्स युटिलिटि भिहेकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिने जनाइएको छ । कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलवमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बि÷सि र डिएसयुभि सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।

नयाँ सि–एसयुभि, निसान पट्रोलको डिजाइनबाट प्रेरित छ । यो सि–एसयुभिले प्रतिष्ठित निसान एसयुभिको डिएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली, र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ ।

अर्कोतर्फ निसानको सेभेन–सिटर बि–एमपिभिले आफ्नो खरिदमा अधितम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ । निसानको बि–एमपिभिले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्नेछ । यो बि–एमपिभि, सवारीको आनन्दमा सम्झौता नगरीकन सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ ।

भारतको वार्षिक आन्तरिक बिक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा एक लाख इकाईको महत्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित ‘अलायन्स जेभि प्लान्ट’मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै निसानले भारतमै निर्माण गरी विश्वभर निर्यात गरिने नयाँ सि–एसयुभि पनि प्रस्तुत गर्दैछ ।

पायोनियर मोटोकर्प प्रालि, नेपालमा निसान मोटर कम्पनीको लागि आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको उत्पादन प्लान्टबाट सवारीसाधन आयात गर्दछ । कम्पनीको नेपालभर १३ वटा सोरुमहरू (टच पोइन्टहरू) छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…