जनकपुरधाममा सोह्र श्राद्धको पहिलो दिन गंगासागरमा पितृलाई तर्पण दिनेको भीड

जनकपुरधाममा सोह्र श्राद्धको पहिलो दिन गंगासागरमा पितृलाई तर्पण दिनेको भीड
+
-
जनकपुरधाम- हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। श्राद्धको सुरु दिन बुधबार जनकपुरधामको ऐतिहासिक पोखरी गंगासागरमा तर्पण दिनेहरुको भीड लागेको छ।
परिवारमा स्वर्गीय भएकाहरुको सम्झनामा कुश, तिल, जौं र फुली लिएर गंगासागर पोखरीमा पुगेकाहरुले विशेष पूजा गरेका छन्। यस अवसरमा काँक्रो दान गर्ने चलनसमेत रहेको छ। तर्पण गर्दा स्वर्गीय भइसकेका पूर्वजहरूलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ।
हिन्दूहरुको ठूलो पर्वका रुपमा आजदेखि पितृ तर्पण सुरु भएको तर्पण गर्न आएका सञ्चारकर्मीसमेत रहेका अजय झाले बताए। उनले सुरु हुन लागेको ठूला पर्व दसैँ, दीपावली, छठभन्दा पनि पितृ तर्पण ठूलो भएको भन्ने सन्देश दिनका लागि पितृ तर्पण गरिरहेको बताए। उनले मातृ र पितृ पक्षका तीन पुस्तालाई तर्पण दिने गरिएको बताए। झाले यो क्रम १६ दिनसम्म चल्ने तथा जुन तिथिमा बुवा दिवङ्गत हुन्छ, त्यो तिथिमा सोह्र श्राद्ध गरेर केहीले छाड्ने र केहीले १६ दिन नै तर्पण गर्ने गरेको बताए।
हिन्दू धामिर्क परम्पराअनुसार पितृपक्ष अर्थात सोह्र श्राद्ध गरिन्छ। आश्विन कृष्ण प्रतिपदा देखि औँसीसम्म गरिने सोह्र श्राद्धमा आफ्ना परिवारका दिवङ्गत जेष्ठ सदस्यहरुको तिथिमा अन्नजल अर्पण तथा तर्पणादी गर्ने प्रचलन छ।
यसका मौकामा मिथिलाञ्चल क्षेत्रमा आजदेखि टुहुराहरुले यो पर्व मनाउँदैछन्। यो पर्वमा बाबु आमा नहुनेले जनकपुरधामको पवित्र गंगासागरमा स्नान गरी मृतात्माको सम्झना गर्ने गर्छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?