
काठमाडाैँ – बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा नयाँ भर्सनकाे बजाज पल्सर एनएस २०० को बिक्री सुरु गरेको छ।
कम्पनीका अनुसार नयाँ पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ। नयाँ बजाज एनएसमा २०० मा पावर, प्रविधि, र डिजाइनको संयोजन रहेको छ।
यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ। जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न कम्पनीले जनाएकाे छ।
यसमा ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ। यस मोटरसाइकलको मुख्य विशेषतामा ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो। जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ।
अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ। स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ।
नयाँ बजाज पल्सर एनएस २०० को मूल्य ४ लाख ४४ हजार ९०० रहेको छ। ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन्।