काठमाडाैँ- यामाहा नेपालले आफ्नो वित्तीय योजना ‘ड्रीम इट,वन इट’ सार्वजनिक गरेको छ।
अब यस योजनाबाट ग्राहकहरूले ७.९९ प्रतिशत ब्याजदरमा यामाहाका मोटरसाइकल वा स्कुटर किन्न सक्ने छ्न्।
ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरेर सस्ताे किस्ताबन्दीमा यामाहाका मोटरसाइकल वा स्कुटर किन्न सक्ने छ्न्।
साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचिअनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस योजनासँगै, यामाहा नेपालले टेस्ट राइड एण्ढ वीन अभियान पनि ल्याएको छ।
यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने पनि छन्।

भर्खरै
लोकप्रिय






































































































































































































