योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की
+
-

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए।

योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग हुँदै कुम्भमा स्नान गर्न पुगेका हुन्। अरैलीले घाटबाट बोटमा सवार भएर संगम पुगेर डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

योगी तथा भुटानका राजाको आगमनसँगै हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुहरुका लागि ढोका बन्द गरिएको थियो। साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने कार्यतालिका रहेको छ।

५ फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने कार्यतालिका रहेको छ। मोदीको आगमनलाई ध्यानमा राख्दै योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थल सम्मको व्यवस्थापन हेरिरहेका छन्।

महाकुम्भको आज २३ औँ दिन हो। अहिलेसम्म ३७ करोड मानिसहरुले डुबुल्की लगाएको जनाइएको छ। आज बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसकेका छन्। सोमबार अर्थात वसन्त पञ्चमीका दिन करिब २.३३ करोडले स्नान गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?