क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक
+
-

मोरङ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ।

विराटनगर- १४ जतुवास्थित आफ्नै घरमा राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधन भएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए ।

६० वर्षीया राजवंशी लामोसमयदेखि दमसँगै फोक्सोको विरामी रहेकी थिइन् । उपचार सेवाकै कारण हालसम्म उनी दैनिकीमा सक्रिय रहँदै आएको छिमेकी राजकुमार विश्वासले जानकारी दिए।

विश्वासका अनुसार राजवंशीको घरबाट करिब १५ मिनेटको दुरीमा रहेको सिंघीया खोलामा विधिपूर्वक अन्त्येष्टि गरिने भएको छ । यसका लागि ललितपनि घर आइसकेका छन् ।

विश्वासका अनुसार औषधि-उपचारबाट स्वास्थ्य लाभ गर्दै आएकी राजवंशीलाई आइतबार बिहान छोरी सुमनले उठाउन जाँदा मृत्यु भएको थाहा पाएकी थिइन् । त्यसपछि उनैले घरका अन्य सदस्यलाई घटनाबारे जानकारी गराएको विश्वासले बताए ।

विश्वासले भने, ‘शनिबार राति घरमा खाना औषधि खाएर सुत्नुभएको रहेछ । अब राति कतिबेला बित्नु पत्ता लागेन । तर, बिहान छोरीले उठाउन जाँदा मात्र घटना थाहा भएको हो ।’

घरका कान्छो छोरा ललितका ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर राजवंशी र बहिनी सुमन राजवंशी रहेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’