सर्लाहीमा गोली प्रहारपछि भाग्ने क्रममा दुर्घटना, संकास्पद व्यक्ति गम्भीर घाइते

सर्लाहीमा गोली प्रहारपछि भाग्ने क्रममा दुर्घटना, संकास्पद व्यक्ति गम्भीर घाइते
+
-

 

जनकपुरधाम- सर्लाहीमा एक व्यक्तिलाई गोली हानी हत्या गर्ने क्रममा संलग्न संकास्पद व्यक्ति भाग्दै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।

हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादवलाई शुक्रबार साँझ करिब ८ बजेर २० मिनेटमा गोली प्रहार गरिएको थियो। प्रहरी चौकी हरिपूर्वाबाट करिब ५ सय मिटर दूरीमा यादवको टाउकोमा गोली प्रहार भएको हो। उनलाई उपचारका लागि महोत्तरीको पर्सास्थित जानकी हेल्थ केयर लगिएको थियो, तर पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि भाग्दै गरेका संकास्पद व्यक्तिमध्ये एक जना राति नै हरिपूर्वा–७ मा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। घाइतेलाई जनकपुरधाममा उपचारका लागि ल्याइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

संकास्पद व्यक्तिको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। यस घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’