
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा पाटनमा दीप प्रज्वलन गरिएको छ।
पाटन दरबारको कार्तिक डबलीमा आइतबार साँझ दीप प्रज्वलन गरिएको हो। त्यस क्रममा आन्दोलनमा ज्यान गुमाउनेका परिवारका सदस्य पनि उपस्थित थिए।
जेन–जी पुस्ताको आन्दोलनमा भदौ २३ गते सरकारले बर्बर दमन गर्दा एकैदिन १९ जनाको मृत्यु भएको थियो। हालसम्म ज्यान गुमाउनेको संख्या ७२ पुगिसकेको छ। सयौँ घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।