
म्याड्रिड– स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा साविक विजेता रियल म्याड्रिड सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको छ।
सेल्टा भिगोको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएपछि पहिलो हाफमै रियल २–१ गोलले अगाडि बढेको थियो।
तर ८२ औं मिनेमा सेल्टा भिगोका म्याक्सिमिलियानो गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
घरेलु टोलीका ड्यानियल वासले ३३ औं मिनेटमा गोल गरेका थिए। रियलका गारेथ बेलले ३६ र ३८ औं मिनेटमा गोल गरेपछि रियल अगाडि बढेको थियो।
७२ औं मिनेटमा सेल्टाले पेनाल्टीको मौका पाएपनि लागो आसपास चुके। १७ खेलाट ३२ अंक जोडेको रियल चौथो स्थानमा छ।
शिर्षस्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ।
१८ खेलपछि एट्लेटिको म्याड्रिडको ३९ र भ्यालेन्सियाको ३७ अंक छ। गत सिजन युरोपियन च्याम्पियन्स लिग र ला लिगा दुवैको उपाधि जितेको रियलले यो सिजन घरेलु लिगमा भने नौ जित, पाँच बराबरी र तीन हारको नतिजा ब्यहोरेको छ।
यो पनी हेर्नुहोस्: