
नेपालगञ्ज– डा. गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा नेपालगञ्जमा प्रदर्शन गरिएको छ।
स्थानीय बीपीचोकमा जम्मा भएर युवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । स्वस्फूर्त रुपमा जम्मा भएका उनीहरुले डा. केसीलाई निशर्त रिहा गर्न माग गरेका छन् ।
केहीबेर सडकमा पलेटीकसेर बसेका उनीहरुले डा. केसीलाई तत्काल नछोडिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । अनेरास्ववियुका मोहित शाह, नेविसंघका चक्र विसी, नयाँ शक्ति विद्यार्थी युनियनका टंक धमलाले न्यायालयको गलत प्रवृत्तिको विरोधमा डा. केसीको आन्दोलन जायज रहेको बताए ।
विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका डा. विनोद कर्णलगायत विद्यार्थीहरु केसीको पक्षमा उभिएका थिए ।
यो पनि हेर्नुहोस्…
यसरी उर्लियो केसीको पक्षमा जनलहर
डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?