
काठमाडौँ – नवनियुक्त सञ्चारमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री खरेलले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।