पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता

पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता
+
-
देशसञ्चार AI सारांश
  • गत आर्थिक वर्षमा पर्सामा ९६३ नयाँ घरेलु उद्योग दर्ता भई रु १ अर्ब ६२ करोड लगानी भएको छ।
  • दर्ता भएका उद्योगहरूले २,८९८ जनालाई रोजगारी प्रदान गर्दा १,७३७ पुरुष र १,१६१ महिलालाई समेटेका छन्।
  • जिल्लामा उत्पादकमूलक, कृषि, निर्माण, पर्यटन र सेवा क्षेत्रमा गरी कुल रु १ अर्ब ८३ करोडको पुँजीमा उद्योग दर्ता भएका छन्।

वीरगञ्ज (पर्सा) – गत आर्थिक वर्षमा पर्सामा रु एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन्।

गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ रु एक अर्ब करोड ७७ लाख नौ हजार ३६० रहेको छ। त्यस्तै चालुपुँजीतर्फ भने रु ६७ करोड ४४ लाख सात हजार पाँच सय ४० रहेको छ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आवमा दर्ता भएका नौ सय ६३ घरेलु उद्योगले दुई हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने बताए।

“पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ। गत आवमा दर्ता भएका घरेलु उद्योगले एक हजार ७३७ पुरुष र एक हजार १६१ जना महिलालाई रोजगारी दिने जनाएका छन्”, उनले भने।

कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ दुई सय १८ नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगको कूल पुँजी भने रु ४३ करोड ८२ लाख रहेको छ। कृषि तथा वन अन्य उद्योगतर्फ भने एक सय ४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगको कूल पुँजी रु ३९ करोड ३५ लाख रहेको पञ्जीयारले जानकारी दिए।

उनका अनुसार निर्माणतर्फ कूल पुँजी रु १० करोड ३३ लाख रहने गरी ७५, पर्यटन उद्योगतर्फ कूल पुँजी रु दुई करोड २३ लाख रहने गरी एक सय छ, सेवातर्फ कूल पुँजी भने रु ६६ करोड ८२ लाख रहने गरी चार सय २० वटा नयाँ उद्योग दर्ता भएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष