
मोरङ – विराटनगरबाट धनकुटाको जितपुर गएको यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
विराटनगरबाट बिहान ७ बजे गएको प्र १०२००१ स ९६०६ नम्बरको बस धनकुटा नगरपालिकाको निगाले भन्ने स्थानमा दुर्घटना भएको हो।
बिहान करिब साढे ११ बजे भएको दुर्घटनामा परी धनकुटा महालक्ष्मी नगरपालिका–६ का ५५ वर्षीया गंगा कार्की र सोही नगरपालिका वडा नम्बर– ७ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बस दुर्घटनामा धनकुटा–४ का दुर्गामाया तिम्सिना, महालक्ष्मी नगरपालिकाकी तारादेवी काफ्ले, खुशी लुङ्गेली श्रीजना जिमी, मोरङ केराबारी गाँउपालिकाका देवी न्यौपाने, र मोरङ सुन्दरहरैंचा नगरपालिकाकी अंकिता खड्का घाइते भएका छन्।
घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।