इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी
+
-

इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ। यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ।

शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ। यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ।

सम्झौता अनुसार, बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारहरूमा निराशा व्याप्त छ। हामासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको बताएको छ।

यसैबीच, युएन र अमेरिकी अधिकारीहरूलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहेका छन्।

गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् , जसमा धेरै महिला र बालबालिका रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष