चाडपर्व र स्वास्थ्य

दसैँ सकिँदै छ, यी कुरामा ख्याल गर्नुस् है !

दसैँ सकिँदै छ, यी कुरामा ख्याल गर्नुस् है !
+
-

काठमाडौँ – महान पर्व दसैँ टीका, जमघटसँगै लगातार मिठा परिकारको पर्व भएकाले पर्व सकिँदै गर्दा विशेष ख्याल गर्नु पर्ने चिकित्सकले बताएका छन् ।

दसैँका बेला आफन्तकोमा जाने र चिल्लोसहितका विभिन्न परिकार धेरै खाइने भएकाले दसैँपछि स्वास्थ्यमा समस्या नआओस् भन्नका लागि सचेत हुनु पर्ने टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् ।

विशेष गरी अहिले दसैँ सकिने क्रममा रहेको र यो बेला दसैँका लागि धेरै मात्रामा बनाइएका विभिन्न परिकारहरु खाने क्रम चल्ने भएकाले त्यसले स्वास्थ्यमा असर गर्ने उनको भनाई छ ।

बनाइएका परिकार अब खाँदा राम्रोसँग पुनः पकाएर खानु पर्ने र त्यस्ता खाना राख्दा तापक्रम मिलाउनु पर्ने डा. पुनले बताएका छन् । बनाइएका मासु तथा अरु परिकार अब धेरै दिन राख्न नहुने पनि डा. पुनले जानकारी दिए ।

बासी खानाहरु खाँदा वा त्यस्ता परिकार राम्रोसँग पुनः नपाकाई खाँदा फुडप्वाइजन हुने र त्यसका कारण झाडापखाला र ज्वरो आउने जस्ता समस्या देखिने डा. पुनले बताए ।

‘दसैँका लागि बनाइएका खाना अझै बाँकी छ भने त्यसलाई राम्रोसँग पकाएर खानु पर्छ र राख्दा पनि तापक्रम मिलाएर राख्नु पर्छ’ डा. पुनले भने, ‘अब धेरै दिन यस्ता खाना बासी बस्न दिनु हुँदैन ।’

यस्तै दसैँमा धेरै मानिसहरु आफ्नो गाउँघर जाने भएकाले खाएको खानाको नकारात्मक असर नहोस् भन्नका लागि शारीरिक श्रम हुने खालका काम गरेमा पनि स्वास्थ्यलाई फाइदा पुग्ने डाक्टरको भनाई छ ।

अहिले गाउँघरमा धान भित्र्याउने समय रहेकाले पनि खेतमा काम गरे दसैँको खाना राम्रोसँग पच्ने र स्वास्थ्यलाई पनि राम्रो हुने डा. पुनले बताएका छन् ।

टेकु अस्पतालमा अहिले फुडप्वाइजन भएका बिरामी आउने क्रम बढ्न थालेको पनि उनले जानकारी दिए । शनिबार मात्रै २० जना भन्दा बढी फुडप्वाइजन भएका बिरामी टेकु अस्पताल आएको उनले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?