घुमफिर

विश्वका घुम्नै पर्ने उत्कृष्ट १० शहरमा पर्यो काठमाडौँ

विश्वका घुम्नै पर्ने उत्कृष्ट १० शहरमा पर्यो काठमाडौँ
+
-

घुम्ने गन्तव्य बारे विस्तृत जानकारी दिँदै आएको अमेरिकी ट्राभल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्न लायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको छ ।

लोन्ली प्लानेटले हरेक वर्ष सूचि निकाल्ने गरेको छ र यसमा नेपालको शहर प्रायः पर्ने गरेका छन् । सन् २०१९ का लागि जारी गरिएका विश्वका १० उत्कृष्ट शहरको सूचिमा नेपालको राजधानी अर्थात काठमाडौँ शहर पनि परेको छ ।

काठमाडौँ सूचिको पाँचौँ नम्बरमा छ । यो शहर सन् २०१५ अर्थात साढे तीन वर्षअघिको भूकम्पको पीडा भुलेर विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार र आतुर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

पुनर्निर्माणले काठमाडौँ शहरलाई पुनर्ताजकी गरेको, विशेष गरी ऐतिहासिक क्षेत्र पर्यटकलाई स्वागत गर्न तयार रहेको बताइएको छ । तर अहिले पनि केही ऐतिहासिक क्षेत्र पुनर्निर्माण हुन सकेका छैनन्।

लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौँ शहर अहिले हर्न निशेष गरिएकाले राम्रो बनेको काठमाडौँका बारेमा लेखिएको अंशमा उल्लेख गरेको छ । यसैगरी विद्युत आपूर्ति भरपर्दो भएको तथा वाइफाइ कनेक्सन बिस्तार हुनुले पनि काठमाडौँ घुम्न अझ लायक बनेको जनाइएको छ ।

सूचिको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, चीनको सेनचेन दोस्रो, सर्बियाको नोवी साद तेस्रो तथा अमेरिकाको मायामी चौथो नम्बरमा छन् ।

नेपालको काठमाडौँ भन्दा पछि छैटौँ नम्बरमा मेक्सिकोको मेक्सिको सिटी, सेनेगलको दाकार, अमेरिकाको सियाटल, क्रोएसियाको जादार र मोरक्कोको मेक्नेस रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?