
काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकाप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका प्रचण्ड सोमबार बिहान त्रिवि अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. सायमीले देश सञ्चारलाई बताएका छन् ।