प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था

ओलीको स्वास्थ्यबारे विस्तृत विवरण : चिनीको मात्रा बढ्यो, मृगौलामा पनि समस्या

ओलीको स्वास्थ्यबारे विस्तृत विवरण : चिनीको मात्रा बढ्यो, मृगौलामा पनि समस्या
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा चिनीको मात्रा अर्थात सुगर लेवल बढी देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उपचारमा संलग्न डाक्टरले सुगर लेवल अर्थात मधुमेहको स्तर बढी देखिएको बताएका हुन् । उनलाई सिसियूमा राखेर उपचार गरिएको छ ।

केही दिनदेखि अस्वस्थ रहेका ओलीलाई सोमबार बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको प्राध्यापक डा.उत्तम कृष्ण श्रेष्ठले जानकारी दिए । ओलीलाई लोयर रेस्पेक्ट्री ट्रयाप इन्फेक्सन अर्थात छातीको संक्रमण भएको डाक्टरको भनाई छ ।

सार्वजनिक रुपमा डाक्टरले ओलीको मृगौलामा केही समस्या नरहेको बताए पनि उपचारमा संलग्न एक डाक्टरले क्रेटिनिन लेवल उच्च भएको बताएका छन् । यसको अर्थ ओलीको प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको हो ।

दसैँको बेलादेखि नै मौसमी फ्लूको संक्रमण देखिएकोमा त्यसलाई नै नियन्त्रण गर्न नसक्दा त्यसले छातीको संक्रमणको रुप लिएको बताइएको छ । ओलीलाई स्वास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने समस्या पनि देखिएको छ ।

यस्तो अवस्थामा सामान्यतया बिरामीलाई तीनदिनसम्म अस्पताल राख्नु पर्छ । तर ओलीको अवस्थाबारे अवलोकन भइरहेको र विदेश लैजाने बारे अहिले नै निर्णय नभएको डा. श्रेष्ठले जानकारी दिए ।

अहिले ओलीलाई डा. दिव्या सिंह शाह, डा. अरुण सायमी र डा. सन्तकुमार दाससहितको टोलीले उपचार गरिरहेका छन् ।

कसरी भयो यस्तो ?


प्रधानमन्त्री ओलीलाई दसैँको टीका सर्वसाधारणलाई लगाउँदा नै मौसमी फ्लूको संक्रमण भएको थियो । उनका निजी चिकित्सकहरु डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दासले उपचार गरिहेका थिए ।

आराम गर्नु पर्नेमा त्यस्तो नभएपछि ओलीको छातीमा समस्या देखिएको थियो । शुक्रबार नै त्रिवि अस्पतालमा गएर उनको छातीको एक्स रे पनि भएको थियो ।

त्यसमा ठीकै देखिएपछि अस्पताल भर्ना नगरिएकोमा लगातारको खोकी नरोकिएपछि सोमबार बिहानै अस्पताल लगिएको हो । ओलीलाई ज्वरो पनि आएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओलीलाई देखिएको छातीको संक्रमण के हो?

प्रधानमन्त्री ओलीलाई देखिएको छातीको संक्रमण के हो?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?