सुत्नु पर्ने पाँच कारणहरु

हामी धेरै किन सुत्नु पर्छ ?

हामी धेरै किन सुत्नु पर्छ ?
+
-

पर्याप्त मात्रामा निद्रा पुगेका व्यक्तिको जीवन अवधी लामो हुनुका साथै उनीहरु स्वस्थ र सिर्जनशिल हुने विभिन्न अध्ययनले देखाएका छन् ।

थकान महशुस हुने र त्यसपछि निद्रा लाग्नु वा सुत्न मन लाग्नु स्वास्थ्यका लागि राम्रो रहेको मनोविमर्शकर्ता, चिकित्सक तथा पोषण विशेषज्ञले बताउने गरेका छन् ।

प्रतिस्पर्धात्मक वातावरण र दौडधुपका कारण विश्वभर अधिकांश व्यक्तिले स्वस्थ जीवनका लागि चाहिने जति सुत्न पाएका छैनन् । यसले गर्दा मानसिक तथा शारीरिकसँगै व्यक्तिको रचनात्मक क्षमतामा पनि कमी ल्याएको छ ।

यस्तोमा पर्याप्त मात्रामा सुत्दाका प्रमुख पाँच फाइदाहरु बारे पोषणविद तथा लेखक म्याथ्यु वाल्करले बताएका छन् ।

निद्राका पाँच फाइदाहरु


१) स्मरण शक्ति र सिकाई क्षमता

पर्यात्त मात्रामा हुने निद्राले व्यक्तिको स्मरण शक्ति र कुनै पनि कुरा चाँडो सिक्ने क्षमताको विकास गर्दछ । कुनै पनि कुरा सिकेपछि सुत्नु जरुरी हुन्छ, यसले सिकेको कुरा मस्तिष्कमा सुरक्षित राख्न सहयोग गर्छ ।

यस्तै कुनै कुरा सिक्नुअघिको निद्रा पनि उत्तिकै आवश्यक छ, किनकी यसले मस्तिष्कलाई नयाँ कुरा सिक्नका लागि तयार पार्छ । यसले गर्दा परीक्षाको अघिल्लो दिन रातभर जागै बसेर पढ्नु निकै खराब वा प्रत्युदपादक हुन्छ ।

२) रचनात्मकता वा सिर्जनशिलता

आवश्यक मात्रामा निद्रा पूरा गरेका व्यक्तिको रचनात्मक वा सिर्जनशिल क्षमता बढी हुने देखिएको छ । सुताईले रचनात्मकताका लागि विभिन्न मार्ग बनाउँछ ।

३) स्वास्थ्य

निद्रा वा पर्याप्त मात्राको सुताई स्वास्थ जीवनका लागि सुन्दर र प्रमुख रामवाण हो । जीवन जोखिममा पार्ने खालका प्रमुख रोगहरुको कारण खोतल्दै जाँदा त्यसको कारकको रुपमा निद्राको कमी पाइएको छ । अल्जाइमर तथा क्यान्सरसहितका रोगको सम्बन्ध निद्राको कमीसँग देखिएको छ।

४) जीवनप्रत्याशा अर्थात दीर्घ जीवन

लगातारको कम समयको सुताई या निद्राले जीवन अवधि पनि छोटो बनाउँछ । दीर्घ जीवनका लागि हरेक दिन पर्याप्त मात्रामा सुत्नु जरुरी छ ।

५) व्यवसाय वा कामकाजी जीवनका लागि राम्रो

कम सुत्नु र धेरै समय काम गर्नु उत्पादनशिल हुन्छ भन्ने होइन । व्यवसायमा त कम समयको सुताई झन महंगो पर्न जान्छ । यसले गर्दा सुत्नु जरुरी छ ।

– स्रोत : बिबिसी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?