किन अपर्ण गरिन्छ गङ्गोत्रीको जल पशुपतिनाथमा?

किन अपर्ण गरिन्छ गङ्गोत्रीको जल पशुपतिनाथमा?
+
-

काठमाडौँ – भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ ।

काजी अमरसिंह थापाले नेपाल विजय गर्ने क्रममा गढवाल क्षेत्र कब्जामा लिएपछि गङ्गोत्री नेपालको अधीनमा आएको थियो ।

थापाले त्यसैबेलादेखि गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा चढाउन सुरु गराएको ऐतिहासिक दस्तावेज प्राप्त भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिए ।

कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन हिउँ परी चिसो बढ्ने भएकाले गङ्गोत्रीको ढोका बन्द हुन्छ । ढोका बन्द हुनुअघिको जल पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अमरसिंह थापाकै पालादेखि सुरु भएको हो । लक्ष्मीपूजाका दिन बन्द भएको ढोका अक्षय तृतीयाका दिन खुल्छ ।

ढोका खुलेपछि पशुपतिनाथको प्रसाद गङ्गोत्रीमा चढाउने गरिएको गङ्गोत्री धामका रावल शिवप्रकाशजी महाराजले बताए ।

काजी अमरसिंहका पालामा सुरु भएको यो परम्परा सुगौली सन्धिको आसपास बन्द भएको थियो । जसलाई १५ वर्षअघि रावल शिवप्रकाशले पुनःस्थापना गर्नुभएको हो ।

यो परम्परालाई दुई देशबीचको पारस्परिक सद्भाव एवं एकताका रूपमा पुनः सुरु गरिएको जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?