सबरीमला मन्दिर विवाद

केन्द्र सरकारको राज्य सरकारमाथि कडा प्रहार

केन्द्र सरकारको राज्य सरकारमाथि कडा प्रहार
+
-

केरलाको सबरीमला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेशमा फुकुवा गरेपछि भएको विवादकाबिच भारतको केन्द्र सरकार भारतीय जनता पार्टी (भाजपा) को राज्य इकाईको समर्थनमा लागेको छ ।

भाजपाको राज्य इकाई पछिल्लो समय सबरीमला मन्दिरमा १० देखि ५० वर्ष उमेरका महिलालाई प्रवेशमा रोक लगाउन नहुने भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा रहेकाहरुको पक्षमा आएको छ ।

केन्द्र सरकारले आफ्ना मन्त्री अल्फोन्स कन्ननथनमलाई केरलाको वामपन्थी सरकारमाथि सबरीमलामा आउने श्रद्धालुका लागि आधारभुत सुविधाको राम्रो व्यवस्था गर्न दबाब दिने जिम्मेवारी सुम्पिएको छ ।

केन्द्र सरकारले सबरीमलाका लागि १०० करोड भारु को कोष जारी गरेकाले आफू निरीक्षणका लागि त्यहाँ पुगेको मन्त्री अल्फोन्सले बताएको भन्दै बिबिसी हिन्दीले खबर प्रकाशित गरेको छ ।

यात्रुको सुविधाका लागि राज्य सरकारले कुनै रकम खर्च गरेको नदेखिएको भन्दै मन्त्री अल्फोन्सले आलोचना गरे । केरलाका भाजपा महासचिव के सुरेन्द्रन तथा हिन्दु नेता केपी शशिकला पक्राउ परेपछि केन्द्र सरकारले मन्त्री अल्फोन्सलाई त्यहाँ पठाएको हो ।

केरला सरकारले अक्टोबरमा भड्किएको हिंसापछि स्वामी अयप्पाको धार्मिक स्थल सबरीमलामा राति बस्न नपाउने नियम लागु गरेको छ ।

तर भाजपाका नेताहरु श्रद्धालु बनेर रातिमा बस्न गएका थिए, त्यहि कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तर मन्त्री अल्फोन्सले भने राज्य सरकारको यो नियम तानाशाही रहेको आरोप लगाए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?