
काठमाडौँ – ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ राजधानी काठमाडौँमा तीनदिने निशुल्क तथा गैर धार्मिक ध्यान शिविर सुरु भएको छ।
‘अन्तरमनको शान्तियात्रा २०१८’ नाम दिएको उक्त गैरधार्मिक ध्यान शिव कृपानन्द स्वामीले गराएका हुन्।
मानवजातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एउटा सरल, अद्वितीय ध्यान र आध्यात्मिक ज्ञानका रुपमा समर्पण ध्यान परमपावनश्री शिवकृपानन्द स्वामीले प्रादुर्भाव गरेका हुन्।
बिहान ७ बजे सुरु भएको शिवकृपानन्द स्वामीजीको प्रवचन ९ बजेसम्म चलेको थियो। नेपालमै ज्ञान प्राप्त गरेका स्वामीजीले आफ्नो गुरुभूमिको ऋण चुक्ता गर्न नेपाली आत्माहरुलाई ध्यानको रहस्य बाँडेका आयोजकमध्ये एक जयेश बोहोराले जानकारी दिए।
टुँडिखेलमा हरेक दिन बिहान साढे छ बजेदेखि तीन दिनसम्म आयोजना हुने शिविरमा प्रवेश निशुल्क छ।
तस्बिरहरु:बर्षा शाह/देश सञ्चार ।