क्रिसमस दिवस मनाइँदै

क्रिसमस दिवस मनाइँदै
+
-

काठमाडौँ – क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा मंगलबार देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । यस अवसरमा मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ ।

नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी।

‘क्रिसमस डे’ का अवसरमा दिएको शुभकामना सन्देशमा उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो भन्दै हाम्रा बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् ।

नेपालमा मनाइने चाडपर्वले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा यस्ता पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?